अस्पताल पुगेर प्रचण्डले पूर्व मुमाबडामहारानीको स्वास्थ्यबारे जानकारी लिए, पूर्वराजा ज्ञानेन्द्रसँग पनि छलफल

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह शारीरिक अस्वस्थताका कारण अस्पताल भर्ना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्ड साँझ पौने ७ बजेतिर अस्पताल पुगेका हुन् ।

रत्न बिहीबार विहान नर्भिक अस्पताल भर्ना भएकी छिन्।

प्रचण्ड आउने तय भएपछि निर्मल निवासमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि अस्पताल पुगेको स्रोतले जनायो।

अस्पतालमा प्रचण्डले पूर्वराजालाई भेटेर रत्नो स्वास्थ्य स्थितिबारे छलफल गरेको स्रोतले बतायो।

आन्द्रामा समस्या देखिएपछि रत्नलाई अस्पताल भर्ना गरिएको थियो। नर्भिक अस्पतालमा रत्नलाई बेडमै राखेर उपचार थालिएको छ।

यसैबीच, पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले भने दाहाल रत्नलाई भेट्न आएकोबारे आफूलाई जानकारी नभएको बताए। यद्यपि, पूर्वराजा भने नर्भिकमै रहेको जानकारी उनले दिए।

अस्पतालले भने दाहाल रत्नलाई  नभई मातृका यादवलाई भेट्न आएको दाबी गरेको छ। यादव नर्भिकको चौथो तलामा उपचाररत छन्। रत्नलाई पाँचौं तलाको भीभीआईपी उपचार कक्षमा राखिएको छ। सेतोपाटीबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411