एसएलसीको मार्कसिटमा कति अंक आयो थाहा पाउने सुत्रसहित

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । यसपालीको एसएलसी परीक्षाको नतिजा ग्रेड प्रणालीबाट सार्बजनिक भएको छ । यसअघि पास, फेल सहित विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भन्ने थाहा पाउन सकिन्थ्यो ।

तर, यस पटक ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा अंक उल्लेखछैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख छ, कूल जिपीए पनि छ ।

मार्कसिटमा ग्रेड प्याइट र क्रेडिट आवर उल्लेख गरेको हुन्छ । क्रेडिट आवर भनेको यसभन्दा अघिल्लो सालको जस्तै विषयगत पुर्णाक हो भने ग्रेड प्वाइन्ट तपाई प्राप्त गरेको अंक हो । अब तपाई आफ्नो ग्रेड प्वाइन्टलाई २५ ले गुणा गर्नुस् तपाईले त्यस विषयमा पाएको अंक पाप्त हुन्छ । सो अंक र परिक्षा नियन्त्रण कार्यालयको लेजरमा हुनेसँग मेल खान्छ । उदाहरणको लागि विषय नेपाल क्रेडिट आवर ४ ग्रेड प्वाइन्ट २.१३ छ भने नेपाली विषयको प्राप्त अंक ५३.२५ हुन्छ । 


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411