​प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशत बोनश पारित, अध्यक्षमा विरेन्द्र संघाई चयन

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चौधौ वार्षिक साधारण सभाले दश प्रतिशत बोनश पारित गरेको छ । साथै साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट संचालक र अध्यक्ष समेत चयन गरेको छ ।

विहिबार विरगंजको पर्सामा सम्पन्न कम्पनीको साधारणभाले लाभाशं प्रस्ताव पारित गरेको हो । आव २०७१-७२ मा कम्पनीले १३ करोड ५० लाख सतासी हजार सात सय चौरासी रुपैयाँ खुद नाफा कमाएको थियो । ३२ करोड ४० लाख चुक्ता पूँजी रहेको कम्पनीको बोनश शेयर पश्चात चुक्तापूँजी ३५ करोड ६४ लाख हुनेछ ।

त्यसैगरी कम्पनीले समुह संस्थापक शेयरधनीहरुबाट चार जना संचालकहरु क्रमशः विरेन्द्र कुमार सांघाई, श्रवण कुमार अग्रवाल, विशाल अग्रवाल र अमित अग्रवाललाई संचालक पदमा निर्विरोध रुपमा चयन गरेको छ । साथै विहिबारनै बसेको संचालक समितिको बैठकले विरेन्द्र कुमार सांघाईलाई पुन अध्यक्ष चुनेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411