​दिव्यश्वरी हाइड्रोलाई ३ लाख ९६ हजार कित्ता सेयर निस्काशनको अनुमति

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने अनुमति पाएको छ।
 
सर्वसाधारणका लागि कम्पनीले ३ करोड ९६ लाख रुपैयाँको ३ लाख ९६ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो।
 
सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ। बुधबार बोर्डबाट सेयर निस्कासनको अनुमति पाएको कम्पनीले २ महिनाभित्र निस्कासन गरिसक्नुपर्ने प्रावधान रहेको छ।
 
यसअघि गत फागुन ३० गते कम्पनीले आयोजना प्रभावितका लागि २ लाख ६४ हजार कित्ता सेयर निस्कासन गरेको थियो। 
 
सेयर निस्कासनपछि कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ। संखुवासभामा कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411