​२ अर्ब बढिको सेयर कारोबार, नेप्से १२ अंकले बढ्यो बिमा कम्पनी अगाडी

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आज २ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा यति धेरै रकमको कारोबार भएको यो दोस्रो पटक हो। यसअघि मंगलबार २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। 
 
नेप्से परिसूचक भने आज १२ अंकले बढेको छ। सो अंकको बृद्धिपछि बजारको परिसूचक १६ सय ३२ अंकमा कायम भएको छ। 
 
१ सय ४० कम्पनीको ५६ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ। क वर्गका कम्पनीको मापक इन्डेक्स २.३३ अंकले बढेको छ। 
 
आज पनि बिमा समूहले समग्र बजारलाई बढाएको छ। सो समूह ३३० अंकले बढेको छ। त्यसका अलवा विकास बैंक, उत्पादन र हाइड्रो समूहले पनि बजार बढ्नलाई टेवा पुर्यायो। विकास बैंक समूह २९, उत्पादन समूह १८ र हाइड्रो समूह ९ अंकले बढेका छन्। 
 
होटल समूह २३ र बैंकिङ समूह २.७ अंकले ओर्लिएका छन्। रकमका आधारमा उत्कृष्ट कारोबार गर्ने ‘टप टेन’ कम्पनीमा ९ वटा बिमा कम्पनीहरु अग्रस्थानमा छन्। 
 
युनाइटेड इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै रकमको सेयर कारोबार भयो। सो कम्पनीको १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भई अन्तिम कारोबार मूल्य १६ सय ८९ मा कायम भएको छ। 
 
त्यसपछि एनएलजी इन्स्योरेन्सको १० करोड, लुम्बिनी जनरल इन्स्योरेन्सको ८ करोड ९७ लाख, नेसनल लाइफ इन्स्योरेन्सको ८ करोड ६३ लाख, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३८ लाख, शिखर इन्स्योरेन्सको ७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख, प्रभु इन्स्योरेन्सको ६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
यस दिन ४ कम्पनीहरुले पुरा १० प्रतिशतले सेयर मूल्य कमाएका छन्। काष्टमण्डप डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र टुरिजम डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। ति बाहेक अन्य ९ कम्पनीले साढे ९ प्रतिशतभन्दा बढी सेयर मूल्य कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411