विश्व मै सबै भन्दा धरै हेलिकोप्टर खरिद गर्दै चीन, अमेरिकालाई चाँडै उछिन्ने

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । चीनले नागरिक प्रयोजनका लागि हेलिकोप्टर खरिदमा चाँडै अमेरिकालाई उछिन्ने एयर बसले जनाएको छ । चीनमा ४० प्रतिशतको हिस्सालाई आगामी सन् २०२० सम्ममा ६० प्रतिशत पुर्याउने लक्ष्य पनि एयरबसले लिएको छ ।

‘चिनियाँ नागरिक प्रयोजनको हेलिकोप्टर बजार आगामी २०१८ सम्ममा विश्वकै ठूलो हुनेछ,’ एयरबस हेलिकोप्टर्स चाइनाका अध्यक्ष तथा सिइओ नर्बर्ट डुक्रोटले भने, ‘२०१८ मै चीन विश्वकै ठूलो हेलिकोप्टर बजार नभए पनि २०२० सम्ममा भने निश्चित रुपमा हुनेछ ।’

चीनको ‘लो एटिच्यूड एयर स्पेसमा हुने थप खुलापन र नागरिक क्षेत्रमा भएको वृद्विले आगामी वर्षहरुमा चीन विश्वकै ठूलो हेलकोप्टर बजार हुने उनले बताए । कारोबार दैनिक

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411