घोषणा भएको चार दिन नबित्दै नयाँ शक्तिमा उग्र विवाद

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । चार दिनअघि तामझामका साथ घोषणा गरिएको नयाँ शक्ति नेपालभित्र विवादले चर्को रुप लिएको छ ।

पार्टी घोषणाको भोलिपल्ट राजधानीमा भएको पार्टीको पहिलो राष्ट्रिय भेला तथा छलफल सत्रमा विवादले चर्को रूप लिएको हो ।

छलफल सत्रमा संयोजक डा बाबुराम भट्टराईद्वारा प्रस्तुत नयाँ शक्ति नेपालको राजनीतिक प्रतिवेदन, देवेन्द्र पौडेलद्वारा प्रस्तुत संठनात्मक सिद्धान्त र विधान तथा रामेश्वर खनालद्वारा प्रस्तुत आर्थिक समृद्धिको खाकासहितको प्रतिवेदनमा प्रतिनिधिले विभिन्न सुझाव दिँदै थप गनपर्नु बताएका थिए । ती सुझावहरु पार्टीको नेतृत्व, कार्यदिशाजस्ता गम्भीर विषयमा विवाद हुनेखालका आएपछि नयाँ शक्तिले विधान तथा प्रतिवेदन परिमार्जन गर्नका लागि संयोजक भट्टराईकै नेतृत्वमा १५ सदस्यीय समितिसमेत गठन गरेको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने भेलामा प्रस्तुत तीनवटै प्रस्ताव परिमार्जनसहित पारित भएको बताए ।

नयाँ शक्तिले अहिलेसम्म पार्टीको कार्यदिशा के हुने भन्नेसमेत टुंगो लगाउन सकेको छैन । बन्द सत्रमा उठेका प्रश्नहरूको जवाफ दिँदा डा। भट्टराईले पार्टीले समाजवाद उन्मुख वाम लोकतान्त्रिक चरित्रको सिद्धान्त बोक्ने बताएका थिए । तर, विभिन्न पेसा तथा व्यवसाय गरेर आउनेहरूले वाम हटाएर जानुपर्ने र कम्युनिस्ट पृष्ठभूमिबाट आएकाले भने वाम नै राखेर जानुपर्नेमा जोड दिँदै आएका छन् । ‘हामीले वामभन्दा पनि प्रगतिशिल लोकतान्त्रिक सिद्धान्त अवलम्बन गर्नुपर्छ भनेका छौं,’ नयाँ शक्तिका नेता मदन राईले भने, ‘धेरैको जोड यसमा नै छ, हेरौं समितिले के राख्छ ।’राजधानी दैनिक

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411