​सेञ्चुरी बैंकको मनमैजुमा एक्सटेन्सन काउन्टर

बुद्धबार, आषाढ १, २०७३ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुधबारदेखि मालपोत कार्यालय मनमैजुमा तेस्रो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकहरुमा सेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

आर्थिक वर्ष २०७२-७३ को चैत्र मसान्तसम्म यस बैंकले कुल निक्षेप २६ अर्ब १ करोड र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरी २३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र २ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411