​रिडी हाइड्रोपावरको ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला

बुद्धबार, आषाढ १, २०७३ साल,
काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ। १० बराबर ३.५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो।
 
आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन्। 

हकप्रद निस्कासनको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। इक्रा नेपालबाट कम्पनीको हकप्रद निस्कासनले ग्रेड ४ रेटिङ प्राप्त छ। 
 
हाल कम्पनीको चुक्ता पुँजी ३३ करोड रुपैयाँ रहेको छ। सो रकमको ३५ प्रतिशत अर्थात ११ करोड ५५ लाख रुपैयाँको हकप्रद सेयर निस्कासन हुन लागेको हो। 
 
कम्पनीले रिडीखोला आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आइरहेको छ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411