​बिमाको टेवा पाउँदा नेप्से ६ अंकले बढ्यो, १ अर्ब ४० करोडको कारोबार

बुद्धबार, आषाढ १, २०७३ साल,
काठमाडौं । आज सेयर बजारले बिमा समूहको टेवा पाएर नेप्से परिसूचक ६ अंकले बढेको छ। बैंकिङ समूह ओरालो लागे पनि बिमा समूह भने २ सय ६७ अंकले उक्लिएको हो। 
 
बैंकिङमा ६, होटलमा १५ अंकको गिरावट देखिएको छ। बिमाका अलवा हाइड्रोमा ३४ र उत्पादन समूहमा १८ अंकको बृद्धि भयो। अन्य समूह २, विकास बैंक समूह ४ अंकले बढे भने फाइनान्स समूह झिनो अंकमा घट्यो। 
 
यस दिन १ अर्ब ३९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भयो। १ सय ३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिदबिक्री भयो। 
 
कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। ८० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेपछि सो बैंकको कारोबार केही दिनयता बढ्दै गएको छ। युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स पनि कारोबारका आधारमा अगाडि रहे। 
 
नाफाका आधारमा बोटलर्स नेपाल र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत कमाए।
 
गुराँस लाइफ इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, देव विकास बैंक, बुटवल पावर, प्राइम लाइफ, बरुण हाइड्रो, ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले साढे ९ प्रतिशतले मूल्य कमाए।
 
गुमाउनेमा नमस्ते वित्तीय संस्था र गुडविल फाइनान्सका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताले क्रमशः ५ र ४ प्रतिशतले मूल्य गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411