आज सार्वजनिक हुने एसएलसी परिक्षाको नतिजा कसरी थाहा पाउने ? यसरी हेर्नुहोस (विवरणसहित)

‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने पुन: मौका परीक्षा दिन पाउने

बिहीवार, आषाढ २, २०७३ साल,
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।

बिहीबार दिउँसो दुई बजेतिर नतिजा प्रकाशन गर्छौ होला काप्रिले भने, केहि प्राविधिक काम मात्र बाँकी छ । कुनै बाहिरी समस्या आएन भने बिहीबार नतिजा प्रकाशन गर्छौँ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसपटको एसएलसीको नतिजा तीन तरिकाले हेर्न सकिने जनाएको छ । वेबसाइट, एसएमएस र आइभिआर १६०० मा फोन गरेर नतिजा हेर्न सुन्न सकिने छ । यसका लागि कुल १७ वटा माध्यमको प्रयोग गर्न सकिनेछ । जसमा ७ वटा एसएमएस सिस्टम, एउटा फोन कल र ९ वटा वेबसाइट रहेका छन् ।

एसएमएस प्रविधिमा SLC स्पेस Symbol Number लेखेर तल दिएका मध्ये एक नम्बरमा एसएमएस गर्न सकिनेछ । वेससाईटमा पहिलेजस्तै सिम्बोल नम्बर राखेर र १६०० मा कल गरेर नतिजा पाउन सकिन्छ । यसपटक ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित हुँदैछ । 

पनिकाले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा ए प्लस, ए, बि प्लस, बि, सि प्लस, सि, डि प्लस, डि, र इ ग्रेडमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ ।

एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो ।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् ।

पनिकाको तथ्याङ्क अनुसार यसवर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन्। कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन् ।

त्यस्तै, आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी हुँदैछन् ।

प्राविधिक धारका ३ हजार दुइ सय जना परीक्षार्थी छन् । जसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन् ।

‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने पुन: मौका परीक्षा दिन पाउने

यो वर्ष विद्यार्थीमध्ये बढीमा दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने पुन: मौका परीक्षा दिन पाउने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय परीक्षा बोर्डले ‘ग्रेड वृद्धि’का निम्ति यो निर्णय गरेको जनाएको छ । ‘बढीमा दुई विषयमा डी र ई ग्रेडप्राप्त विद्यार्थीले ग्रेड वृद्धि गर्न मौका परीक्षा दिने निर्णय भएको छ,’ ‘बढी उत्कृष्ट ग्रेडका लागि मात्र यो व्यवस्था गरिएको हो । यदि परीक्षामा सामेल हुन नचाहेमा बाध्यकारी हुनेछैन ।’ नतिजा प्रकाशनसँगै परीक्षा मिति तोकिने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411