​घाँटीको सल मोटरसाइकलमा बेरिँदा ज्यान गयो

बुद्धबार, आषाढ १, २०७३ साल,
तम्घास । घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ।
 
मङ्गलबार बेलुकी लु ४ प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु-१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला-२ की २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेको सल अचानक मोटरसाइकलमा बेरिँदा ज्यान गएको हो।

 
घाँटीको सल मोटरसाइकलमा बेरिएपछि कोपिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। 
 
कोपिलाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411