​बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपीओ सेयर निस्कासन गर्ने

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
काठमाडौं । बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपीओ सेयर निस्कासन गर्ने भएको छ। 
 
कम्पनीको आज बसेको संचालक समितिको बैठकले ३० लाख कित्ता एफपीओ निस्कासन गर्ने निर्णय गर्दै विशेष साधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेको हो। 
 
अंकित मूल्य १ सयमा प्रिमियम रकम थप्दै कम्पनीले एफपीओ सेयर निस्कासन गर्ने भएको हो। एक सूचना जारी गर्दै कम्पनीले असार २७ गते बस्ने विशेष साधारणसभामा एफपीओको प्रस्ताव पेस गर्ने जनाएको छ। 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म कम्पनीले ५८ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ४९ करोड रुपैयाँ थियो। 
 
तेस्रो त्रैमासिक अवधिसम्म कम्पनीको प्रतिकित्ता सेयर आम्दानी ३५ रुपैयाँ रहेको छ भने नेट वर्थ २१९ रुपैयाँ रहेको छ। बजारमा कम्पनीको सेयर मूल्य साढे ७ सय रुपैयाँ भन्दा बढी छ। एफपीओ निस्कासनको चर्चा सँगै मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411