​ऐतिहासिक कारोबार गर्दै नेप्सेमा साढे ४ अंकको वृद्धि

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
काठमाडौं । सेयर बजारमा मंगलबार झण्डै सवा २ अर्बको कारोबार भएको छ। १ सय ३४ कम्पनीको ३७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड रुपैयामा कारोबार भयो। नेप्सेमा २ अर्बभन्दा बढी रकमको कारोबार भएको यो पहिलो पटक हो। 
 
त्यस्तै नेप्सेको परिसूचक ४.५६ अंकले बढेको छ। यो बृद्धिसँगै बजारको परिसूचक १६ सय १४ कायम भएको छ। बैंकिङ समूह ६.२२ अंकले घटे पनि बजारको परिसूचक बढ्नका लागि बिमा र हाइड्रोले महत्वपूर्ण योगदान पुर्याए। बिमा समूह ११२ अंकले बढेको छ भने हाइड्रो समूह ५६ अंकले बढेको छ।  त्यस्तै होटल समूह ५९, विकास बैंक समूह १४ र उत्पादन समूह ४२ अंकले बढेको छ। फाइनान्स समूह ३ अंकले बढ्दा अन्य समूह ३ अंकले घट्यो। 
 
नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापनतर्फको सेयर कारोबार सबैभन्दा उच्च रह्यो। सो कम्पनीको ४९ करोडको सेयर कारोबार भयो। त्यस्तै नेपाल बंगलादेश बैंकको १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। रुरल माइक्रोफाइनान्स, स्टाण्डर्ड चार्टड र एभरेष्ट बैंक पनि कारोबारका आधारमा अगाडि रहे।  नाफाका आधारमा भार्गव विकास बैंक, बोटलर्स नेपाल, विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अग्रसरमा रहे। ति सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

आईएलएफसीओ माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, ओम डेभलपमेन्ट, सगरमाथा इन्स्योरेन्स, देव विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले उक्लियो।
 
एभरेष्ट बैंकको प्रिफरेन्स सेयर मूल्य ५ प्रतिशतले घटेको छ। नेपाल ग्रामीण विकास बैंक र नेरुडे लघुवित्त कम्पनीका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411