एनएलआइसी एफपीओ प्रकरण, धितोपत्र बोर्डले सोध्यो नेप्सेलाई स्पष्टीकरण

सोमबार, जेष्ठ ३१, २०७३ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एफपीओ मूल्यको सूचना चुहावटबारे नेपाल स्टक एक्सचेन्जसँग स्पष्टीकरण मागेको छ । 
 
बजार मूल्यसँग अतिसंवेदनशील विषयमा के कति कारणले हतारिएर सूचना सार्वजनिक गरेको हो त्यसका बारेमा तत्काल जानकारी गराउन बोर्डले नेप्सेलाई पत्र काटेरै प्रस्टीकरण मागेको हो । 
 
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सञ्चालक समितिले प्रतिकित्ता २९ सय ३१ रूपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । सोही जानकारी नेपाल स्टक एक्सचेन्जलाई पनि दिएको थियो । स्टक एक्सचेन्जले यो सूचना प्राप्त हुनासाथ सार्वजनिक गरेको थियो । 
 
धितोपत्र निष्कासन निर्देशिका २०६५ ले एफपीओको मूल्य धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र लागू हुने स्पष्ट व्यवस्था गरेको भए पनि नेप्सेले त्यसलाई बेवास्था गरेको हो । 

‘नेप्सेले के कति कारणले यो सूचना सार्वजनिक गरेको हो, जानकारी दिन लिखित स्पष्टीकरण सोधेका छौ,’ धितोपत्र बोर्ड स्रोतले भन्यो । बोर्डले सूचना चुहावट भएपछि नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर कारोबारसमेत रोक्का गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411