नेप्से परिसूचक ११.६३ अङ्कले बढ्दा, १ अर्ब ७१ करोड रुपैयाँको कारोबार

सोमबार, जेष्ठ ३१, २०७३ साल,
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ११ दशमलव ६३ अङ्कले बढेको छ । बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तरदिनको कारोबारमा हालसम्म कै उच्च विन्दु १ हजार ६ सय २५ दशमलव ८२ विन्दुमा पुगेको छ ।

त्यसपछि, बाटो परिवर्तन गरी ओरालो लागेको परिसूचक १ हजार ५ सय ९५ सम्म झरेको थियो । पुनः उकालो लागेको नेप्से १ हजार ६ सय ९ दशमलव ५९ विन्दुमा पुगेर बजार बन्द भयो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ७३ प्रतिशत बढी हो ।

सोमवार विकास बैङ्क समूहको परिसूचक सर्वाधिक २ दशमलव ६६ प्रतिशतले बढेको छ । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक १ दशमलव शून्य २, होटल शून्य दशमलव २४ र जलविद्युत् शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।

सो दिन उत्पादन तथा प्रसोधन समूहको परिसूचक १ दशमलव ११, बीमा शून्य दशमलव ५७, ‘अन्य’ शून्य दशमलव ३ र वित्त कम्पनी शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।

सोमवार नेप्सेमा १ सय ३९ कम्पनीको ६ हजार ८ सय १८ व्यापारबाट १९ लाख ५५ हजार २ सय ३३ कित्ता शेयर किनबेच भयो भने रू १ अर्ब ७१ करोड बजार पूँजीकरण भयो । सो दिन एभरेष्ट बैङ्कको सर्वाधिक रू १५ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भयो । त्यसैगरी, रुरल माईक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको शेयरमूल्य १० प्रतिशतले बढ्यो भने कञ्चन डेभलपमेण्ट बैङ्कको शेयरमूल्य ४ दशमलव ८९ प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411