​जनता बैं‌कले ५० प्रतिशत हकप्रद सेयर दिने

सोमबार, जेष्ठ ३१, २०७३ साल,
काठमाडौं । जनता बैंक नेपालले ५० प्रतिसत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद दिने निर्णय गरेको छ ।

बैंकको आइतबार सम्पन्न साधारण सभाले यो निर्णय गरको हो । बैंकको मर्ज प्रयास असफल भएपछि पुँजी बृद्धिका लागि हकप्रद भएको हो । बैंकले चुक्ता पुँजी १० अर्ब पुर्याउने प्रस्ताव परित गरेको छ । 

बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने र सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र र नियमावलीमा  संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले परित गरेको छ ।
 
बैंकले २०७२ साल चैत्र मसान्तसम्ममा  २२ अर्ब ८९ करोड निक्षेप संकलन गरी  १९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले २२ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ । हाल बैंकको ३६ वटा शाखाहरु, २९ वटा एटिएम र ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाइल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411