चौधरी ग्रुपको लगानी, १५.१ मेगावाटको मोदीको शिलान्यास, दुई अर्ब ८० करोड लगानी हुने

सोमबार, मंसिर ८, २०७१ साल,
काठमाडौं । चौधरी ग्रुप मध्यमोदी ९मिडिल मोदी० जल विद्युत् परियोजना निर्माणमा संलग्न भएको छ । नेपाल जलविद्युत् पूर्वाधार तथा विकास लिमिटेडले यस परियोजना विकास गर्नेछ । चौधरी ग्रुप र कोस्टल इन्डिया यस कम्पनीका मुख्य साझेदार हुन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आइतबार मध्यमोदी जल विद्युत् आयोजनाको शिलान्यास गरे । परियोजना निर्माणस्थलमा आयोजित समारोहमा अध्यक्ष चौधरीले परियोजना शिलान्यास गरेका हुन् ।

मध्यमोदी जलविद्युत् परियोजना निर्माणस्थल पर्वत जिल्लाको भुकताङ्ले–१ भुरुङडाँडामा छ भने पावर हाउस देउवापुर–२ मानिनश्वाँरामा रहनेछ । यस परियोजनाको विद्युत् उत्पादन क्षमता १५।१ मेगावाटको हुने चौधरी ग्रुपले जनाएको छ ।

आयोयोजना शिलान्यास गर्दै अध्यक्ष चौधरीले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्ने आफ्नो सपना पुरा हुन लागेकोमा सन्तोष ब्यक्त गरे । देशका लागि अत्यावश्यक रहेको विद्युत् आपूर्तिमा यस परियोजनाले थोरै भए पनि योगदान पुर्‍याउने विश्वास उनले ब्यक्त गरे ।

सन् २००८ मा चौधरी ग्रुपले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँगको साझेदारीमा करिब १५ सय  मेगावाट जलविद्युत् उत्पादन क्षमता भएका परियोजनाहरुमा लगानी गर्ने निर्णय लिइसकेको अवस्थामा त्यतिखेर देशभित्र लगानीको वातावरण बन्न नसक्दा साझेदार अन्तर्राष्ट्रिय लगानीकर्तासँगै पछि हट्नु परेको घटना पनि उनले स्मरण गरे ।

‘त्यतिखेर अगाडि बढाइएका परियोजनाहरु सम्पन्न गर्न सकिएको भए सायद अहिले आम नेपाली नागरिकले दैनिक १६ घण्टाको लोडसेडिङ भोग्नुपर्ने थिएन’, अध्यक्ष चौधरीले भने ।

नेपालका ठूला पूर्वाधार निर्माणमा ख्यातीप्राप्त हिमाल हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यस परियोजना निर्माण गर्ने जिम्मा पाएको छ ।

मध्यमोदी जलविद्युत् परियोजना निर्माण प्रारम्भ भएको तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यस परियोजनाको लागत करिब दुई अर्ब ८० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

मोदी खोलामा ‘रन अफ रिभर’ मोडलमा निर्माण हुने यस परियोजनाको विद्युत् २।४ किलोमिटर लामो १३२ केभी प्रशारण लाईनमार्फत केरुङ्गामा ल्याई नेशलन ग्रिडमा जोडिनेछ ।

निकट भविष्यमै चौधरी ग्रुप साझेदारहरुसँगको सहकार्यमा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् परियोजना निर्माणको तयारीमा रहेको पनि जानकारी पनि दिइएको छ ।

चौधरी ग्रुपले साझेदार लगानीकर्ता, यस परियोजनामा लगानी गर्ने वित्तिय सस्था, उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्थानीय वासिन्दालाई धन्यवाद दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411