नेप्से नयाँ उच्चाईमा पुग्यो, कारोबार २ अर्ब नजिक

आईतवार, जेष्ठ ३०, २०७३ साल,
काठमाडौं । नेप्से परिसुचक ३१.२६ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगी रेकर्ड कायम गरेको छ । आज साताको पहिलो दिन नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु १५९७.९६ मा पुगेको हो । 

आज कारोेबार भएका सबै जसो समुहहरुको मुल्य बढेको छ । बैंक समुहमा ४७.४७ अंकको उच्च वद्धि हुँदा समग्र नेप्से माथि जानलाई सहयोग पुग्यो । त्यस्तै विकास बैंक  २२.२७, होटल १०.७९ अंकले, विमा ३०.७ र अन्य १.१७ बढेका छन् । आज गुमाउनेमा विद्युत समुहका लगानीकर्ता मात्रै रहे । विद्युत समुहले आज ८.०३ अंकले गुमाएको छ ।

बजारमा आज उच्च रकमको कारोबार भएको छ । १३३ कम्पनीको शेयर जम्मा १ अर्ब ९६ करोड  रुपैयाँमा कारोबार भयो । कारोबार रकमको आधारमा आज नेपाल वंगलादेश बैंकको मात्रै ३५ करोड बढिको कारोबार भयो भने युनाईटेड इन्सुरेन्सको ११ करोड ७२ लाख रुपैयाको कारोबार भयो । त्यस्तै  एभेरष्ट बैंकको झन्डै ११ करोड र स्टाण्ड्ड चार्टरको ८ करोड रुपैया माथिको कारोबार भयो ।


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411