शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एकिकृत कारोबार सुरु

शनिबार, जेष्ठ २९, २०७३ साल,
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड गाभिएर बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शनिबारदेखि एकिकृत कारोबार सुरु भएको छ।
 
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले शनिबार बुटवलमा आयोजित कार्यक्रममा बैंकको एकिकृत कारोबारको उदघाटन गरे । बैंकहरुले घर घरमा अवसर लिएर आएकोले त्यसको सदुपयोग गर्न आग्रह गरे ।

राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख रेवती प्रसाद नेपालले ग्रामिण क्षेत्रमा बैंकले पुरयाएको योगदानको प्रसंसा गर्दै वित्तीय पहुंचमा बैंकहरुले विशेष जोड दिनु पर्ने बताए ।
 
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समग्र बैंकको वारेमा जानकारी गराएका थिए । बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले असल बैंकको पहिचानमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए ।
 
१० जिल्ला कार्यक्षेत्र रहेको उक्त बैंकको शाखा सञ्जाल २६ पुगेको छ । बैंकको चुक्ता पुँजी ८६ करोड ८४ लाख, निक्षेप ८ अर्व ४ करोड, कर्जा लगानी ७ अर्व २४ करोड रुपैयाँ पुगेको छ।
 
उक्त बैंकमा ग्राहक संख्या एक लाख २६ हजार रहेको छ भने कर्मचारी २१७ छन् । २०७४ साल असार मसान्तसम्म पुर्याउनु पर्ने चुक्ता पुँजी एक अर्व २० करोड बैंकले बोनस सेयरको माध्यमवाट पुरयाउने लक्ष्य लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411