प्रचण्ड लिफ्टमा थुनिएपछि

शनिबार, जेष्ठ २९, २०७३ साल,
धनगढी । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' लिफ्टमा थुनिएका छन् ।

पब्लिक मिडिया क्लबले दुई हप्ता अघि धनगढीको चटकपुरमा खोलेको नयाँ कार्यालय  जान लागेका प्रचण्ड लिफ्ट चढेर पाँचौ तलामा पुगेपछि थुनिएका हुन् । लिफ्टमा प्रचण्ड करिब तीन मिनेट थुनिएका थिए ।

फुलमाला बोकेर पाँचौ तलामा कुरिरहेका क्लवका सदस्य ऋषि विनाडीले अध्यक्ष थुनिएको जानकारी गराएपछि माओवादी कार्यकर्ताले लिफ्टको ढोका तोडेर प्रचण्डलाई निकालेका थिए ।

पब्लिक मिडिया क्लबले दुई हप्ता अघि चटकपुरमा रहेको प्रेम खड्काको घरको पाँचौ तल्लामा आफ्नो कार्यालय खोलेको हो । कार्यालयको प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

उद्घाटनका दिन लिफ्ट तयार नभएको भन्दै सबैले हिडेर पाँचौ तला गएका थिए । त्यो दिन क्लबका सञ्चालकलाई, अथितिले लिफ्ट नचलेको भन्दै गुनासो गरेपछि, शनिबार प्रचण्डका लागि भने लिफ्टको तयारी गरिएको थियो ।

प्रचण्ड आउनु अघि क्लबमा आएका थुप्रै पत्रकार त्यही लिफ्ट चढेर पाँचौ तल्ला पुगेका थिए । तर, अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सुरक्षाकर्मीले चढेका बेला पाँचौ तल्लामा पुगेको लिफ्टको ढोका खुलेको थिएन । कार्यक्रमपछि भने प्रचण्ड लिफ्ट नचढी पैदलै झरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411