गोली प्रहारबाट डोटीमा युवतीको मृत्यु

शनिबार, जेष्ठ २९, २०७३ साल,
डोटी । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ ।

गोली लागी ढलेकी मिनालाई उपचारका लागि दिपायलस्थित सुजङ्ग अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार हत्याराको खोजी कार्य जारी रहेको छ । ‘सानो गोली छ, गोलीको खोका पनि भेटिएको छैन’ प्रहरी उपरीक्षक बिष्टले भने ‘गोली लागेको घाउ हेर्दा पेस्तौलले हानेको जस्तो देखिन्छ तर एकिन भईसकेको छैन ।’ पोष्टमार्टम हुन बाँकी रहेको र गोलीको खोका खोजी कार्य जारी रहेका वताउँदै बिष्टले कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा गोलीको आकारबाट मात्रै जानकारी हुने वताए ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्वन्ध बिग्रिएका कारण हत्या गरिएको हुन सक्ने देखिएको प्रहरी उपरीक्षक बिष्टले वताए । उनले भने ‘अनुसन्धान जारी छ, अहिलेने सवै कुरा भन्न सक्ने अवस्था त छैन तर प्रारम्भिक छानबिन गर्दा प्रेम सम्वन्ध बिग्रेका कारणनै घटना भएको जस्तो छ ।’

युवतीको लास पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411