आइएसको निशानामा युरोकप, आणविक आक्रमणको खतरा

शुक्रबार, जेष्ठ २८, २०७३ साल,
एजेन्सी । एउटा चर्चित अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कले फ्रान्समा आजबाट शुरु हुने युरोकप फुटबल प्रतियोगिता आइएसको निशानामा रहेको भन्दै सचेत गराएको छ ।
 
शुक्रवारबाट शुरु हुने युरो कपका खेलहरु ११ जुलाईसम्म फ्रान्सका विभिन्न सहरमा हुनेछन् । अन्तर्राष्ट्रिय लग्जेमबर्ग फोरमले युरोकप फुटबल आइएसको निशानामा रहेको भन्दै सजग रहन चेतावनी दिएको हो ।

फोरमले आइएसको आणविक आक्रमणको सबैभन्दा बढी खतरा यूरोपलाई रहेको जनाउँदै आइएसले ठूलो परिमाणामा आणविक हतियार बनाएको दाबी गरेको छ ।
 
फोरमका प्रमुख मोसे कन्तोरका अनुसार आइएसले आणविक हतियारमार्फत यसअघि नै सिरियामा आक्रमण गरिसकेको छ ।
 
'सिरियामा सफल आक्रमण गरिसकेकाले आइएस अब युरोपमा आणविक आक्रमण गरेर आफ्नो अभियान अघि बढ्न चाहन्छु, उनले भनेका छन्,' पूर्व सोभियत युनियनमा न्यूक्लियर रिसर्च सेन्टरको सुरक्षा प्रणाली कम्जो छ । यसको मतलब युरोपको पश्चिमी भूभागमा रहेको कुनै देशको राजधानीमा 'डर्टी बमु आक्रमणको सम्भावना बढी रहेको छ ।'
 
यो चेतावनी दिने फोरमका सदस्यहरुमा रसिया र पश्चिमी देशका पूर्व सरकारी मन्त्री र उच्च अधिकारीहरु सामेल रहेका छन् ।
 
फोरमका सदस्यहरुले स्पष्ट शब्दमा आइएसका आतंककारीहरुबाट फ्रान्समा युरो २०१६ फुटबल प्रतियोगिताका क्रममा आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् ।
 
तर यो फोरमले युरोकप प्रतियोगिताका क्रममा आइएसले फ्रान्समा आणविक आक्रमण गर्न सक्ने सम्भावनाबारे भने केही बोलेको छैन ।

डा. कन्तोरले दुई महिनाअघि ब्रसेल्समा आक्रमण गर्ने इस्लामिक स्टेटले एक बेल्जियन आणविक भट्टीको सुरक्षा व्यवस्थाबारे निगरानी गरिरहेको सूचना आएको जनाएका छन् ।
 
एमस्टर्डममा एक अन्तर्राष्ट्रिय कार्यशाला क्रममा कन्तोरले भने,'आइएसले बेल्जियन आणविक पावर स्टेशनसम्म पुग्ने पहिले पनि कोशिस गरेको छ । यसबाट पनि उसको आगामी रणनीतिबारे बुझ्न सकिन्छ ।

उनले आइएसले आणविक भट्टी फुटाउन सफल भयो भने यसले दिने घातक परिणामको कल्पना पनि गर्न नसकिने बताएका छन् । 'यदि आइएसले आणविक पावर स्टेशनलाई पुरानो तरिकाबाट विस्फोट गराउन सफल भयो भने यसबाट निस्कने घातक परिणाम पुरै युरोपले झेल्नुपर्ने हुन्छु, उनले भनेका छन् ।
 
फोरमका सदस्य तथा पूर्व ब्रिटिश रक्षा सचिव डेस ब्राउनले आणविक आतंकवादको खतरा धेरै अहम र जटिल मुद्दा भएको बताएका छन् ।
 
यस खतरालाई रोक्नका लागि अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्नुको जरुरी भइसकेको छु, उनले भनेका छन्, आइएसले आणविक हतियारमाथि कब्जा गरेर त्यसको प्रयोग गर्न खोजिरहेको कुरामा कसैले आश्चर्य मान्नुपर्दैन ।

आइएसले लामो समयदेखि आणविक हतियार बनाउने कच्चा पदार्थ हात पार्ने विकल्पबारेमा तीब्ररुपमा खोजी गरिरहेको सूचना आफूहरुसँग रहेको उनले बताए ।
 
उनका अनुसार आइएसले इराकको मोसुल सहरमा कब्जा गरेपछि त्यहाँ रहेको युरेनियममाथि पनि कब्जा जमाएको थियो ।
 
बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थदल र एक मेट्रो स्टेशनमा यसै साल मार्च २२ मा आइएसले विस्फोट गराइ आक्रमण गरेको थियो । यो घटनामा कम्तिमा ३५ जनाले ज्यान गुमाएका थिए भने २ सयजना भन्दा बढी घाइते भएका थिए ।
 
यो आक्रमणपछि पुरै युरोपभरी सुरक्षाव्यवस्था अत्यन्तै कडा पारिएको थियो । यस हमलाले युरोपका सबै देशलाई आइएसविरुद्ध एकजुट बनाएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411