​प्रभु बैंकको साढे ३ लाख कित्ता शेयर लिलामीमा विक्री हुने, मुल्य सय

शुक्रबार, जेष्ठ २८, २०७३ साल,
काठमाडौं । प्रभु बैंकले दिएको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार २ सय ७१ कित्ता र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ लाख ४१ हजार ८८६ कित्ता सेयर लिलामीमा विक्री गर्न सूचना प्रकाशन गरेको छ । 

लिलामीमा आवदेन गर्न चाहनेको लागि जेठ ३२ गतेदेखि असार १५ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ । लिलामीमा राखिएको सेयरको मुल्य प्रतिकित्ता १ सय रुपैयाँ न्यूनतम तोकिएको छ ।

बैंक चुक्ता पूँजी ५ अर्ब २३ करोड पुगेको छ भने निक्षेप ४७ अर्बबाट ५४ अर्ब र कर्जा प्रबाह ३१ अर्ब बाट ४४ अर्ब नाघेको छ  प्रभुको जगेडा कोष ९० करोड धनात्मकबाट १७ करोड घाटामा गएको छ । 



हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411