ऐतिहासिक उचाईमा पुगेको नेप्सेमा साढे ८३ अंकको बृद्धि, सात अर्ब रुपैयाँको कारोबार

शुक्रबार, जेष्ठ २८, २०७३ साल,
काठमाडौं । यस साता शेयरबजारमा करिब सात अर्ब बराबरको शेयर किनबेच भएको छ । निक्कै उतारचढाब देखिएको बजारमा झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ । पाँच दिनको कारोबारमा बीमा समुहमा उच्च आर्कषण देखिएको छ भने नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९ हजार ८ सय १२ कारोबारबाट ६ अर्ब ८६ करोड ३५ हजार रुपैयाँ बराबरका ९२ लाख ४५ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.२९ प्रतिशत बढि हो ।

गत साता १४८ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार २७ हजार ६ सय ३४ कारोबारबाट ५ अर्ब ९५ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरका एक करोड तीन लाख ६६ हजार नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८३।५६ अंकले बढेर अन्तिम दिन १५६६.७० अंकमा पुगेको छ ।यो हालसम्मकै उच्च विन्दु हो । यस साता बीमा समुहको सूचक सबैभन्दा बढी १२४६ अंकले उकालो लागेको छ । साताभरको कारोबार होटल बाहेक सबै समूहको सूचक बढेका छन् । होटल समूहको सूचक १०६ अंकले ओरालो लागेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १८.५१ अंकले बढेर ३३८.८२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम ९ ७९ करोड ४१ लाख रुपैयाँ० को आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या १० लाख २१ हजार कित्ता र कारोबार संख्याको आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिटजन्स बैंक र हिमालयन जनरल इन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा दरिएका छन् ।

यस साता बजारमा विभिन्न सात कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । साताभर बजारमा दुई इन्स्योरेन्स, एक फाइनान्स, एक होटल र चार विकास बैंकको बोनश शेयर थपिएको हो ।

 यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411