​के गर्यो नेपाल लाइफ इन्स्योरेन्सले र धितोपत्र बोर्डले शेयर कारोबार रोक्का गर्न निर्देशन नै दिनु पर्यो

शुक्रबार, जेष्ठ २८, २०७३ साल,
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।  आईतबारदेखि शेयर कारोबार रोक्का हुनेछ ।

बोर्डले निर्णय नै नभएको विषयलाई सार्वजनिक गरी लगानीकर्ताको संबेदनशिलता नबुझी सूचना प्रकाशनमा ल्याएको कारणले शेयर कारोबार रोक्का गर्नु परेको जनाएको छ । 

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ प्रतिकित्ता १ सय अंकित मुल्यमा २ हजार ८ सय ५१ रुपैंया थप गरि ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको र सम्बीन्धत निकायबाट स्वीकृत हुन बाँकी रहेको सुचना प्रकाशित भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411