विप्लव माओवादीको बन्दको क्रममा देशभर के–के भयो ? (सम्पूर्ण विवरणसहित)

बिहीवार, जेष्ठ २७, २०७३ साल,
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी बिहिबार आह्वान गरेको बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र जबरजस्ती बन्द गराउँदै हिँड्ने ९९ जना गिरफ्तारीमा परेका छन् ।

गिफ्तारीमा परेकामध्ये काठमाडौंबाट ३४, ललितपुरबाट ६, भक्तपुरबाट ३, कास्कीबाट ८, चितवनबाट २, सिराहबाट ५, सर्लाहीबाट २०, नुवाकोटबाट ४, दार्चुलाबाट १, कालीकोटबाट १२, लम्जुङबाट १ र सुनसरीबाट ३ जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं तिनकुने मुनिभैरब नजिक बा.१ ज ८२०६ नम्बरको ट्याक्सीमा कलंकी जान्छु भनी चढेका २ जना अपरिचित व्यक्तिहरुले ट्याक्सी रोकी पेट्रोल छर्केर आगजनी गर्दा ट्याक्सीको भित्रीभाग पूर्णरुपमा जल्नुका साथै सवै सिसा फुटेर क्षति भएको छ ।

यसैगरी बन्दकर्ताले काठमाडौं तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा.१ ज ८१३० नम्वरको माइक्रोबस, काठमाडौं त्रिपुरेश्वरमा बा.३ ख २२२७ नम्बरको साझा बस, काठमाडौं बीर अस्पताल अगाडि बा.१ ज १५१९ नम्बरको ट्याक्सी, एयरपोर्ट गोल्डेन गेट अगाडि बा.३ ख २२२६ नम्बरको साझा बस, प्युखा न्युरोडमा बा.१ ज ५३४३ नम्बरको ट्याक्सीमा तोडफोड गरी क्षति पु¥याएका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–१३ कलंकी चोकमा ना.५ ख ७९३८ नम्बरको रात्री बस तथा कलंकीस्थित मन्दिर नजिक बा.१ ज ६२२२ नम्बरको माइक्रोबसमा ढुंगा प्रहार गरी पछाडिको शिशा फुटाएका छन् ।

यसैगरी सुनसरीमा ना.५ ख २७१२ र ना.४ ख ७४०६ नम्बरको रात्रीबसमा ढुङगा प्रहार गर्दा बसको साइडको शिसा फुटेर क्षति भएको छ ।

यसैगरी चितवनमा ना.५ ख १८२९ ना.५ ख ६२८८ र मे.१ ख २२२२ नम्बरको बसमा ढुंगा प्रहार गर्दा अगाडीको शिशा फुटेर क्षति भएको छ ।
यस्तै झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा ना.३ ख ४६७१ नम्वरको गोलिया बोकेको ट्रकमा हातमा खुकुरी डण्डा बोकेका १५-१६ जनाको समूहले अगाजनी गर्दा ट्रकको अगाडीको भाग जलेर क्षति भएको छ भने सोही समूहले पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग.१ प १७२ नम्वरको बसमा ढुंगा प्रहार गर्दा अगाडिको सिसा फुटेर क्षति भएको छ ।

यसैगरी बर्दिया गुलरिया नगरपालिका–५ खैरापुरमा पोखराबाट राजापुरतर्फ जाँदै गरेको ना।४ ख ४६९५ नम्बरको बसलाई प्रहरीले स्कर्टिङ गरी लैजाँदै गरेको अवस्थामा बन्दकर्ताले पछाडीबाट ढुंगा प्रहार गर्दा पछाडिको शिशा फुटेर क्षति भएको छ ।
यसैगरी बाँके कोहलपुर नगरपालिका–२ मनकामना चोकमा सुर्खेतबाट कोहलपुरतर्फ बिरामी लिएर जाँदै गरेको भे।१ ज ५४६ नम्बरको भ्यानमा अपरिचित ३ जनाले ढुंगा प्रहार गर्दा अगाडिको शिशा फुटेर क्षति भएको छ । फुटेको शिशा लागेर भ्यानमा सवार कोहलपुर नगरपालिका–१ बस्ने १७ वर्षीय हेमन्त थापा घाइते भएका छन् । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

यसैगरी नुवाकोट बेलकोट–७ स्थित अम्मरे खोलामा रसुवाबाट रेडिमेड सामान लिई काठमाडौंतर्फ जाँदै गरेको ना.२ ख ४६४२ नम्बरको कन्टेनरलाई अपरिचित समूहले रोकी अगाडिको शिशा फुटाई फरार भएका छन् ।

तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411