नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ निष्काशन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

बिहीवार, जेष्ठ २७, २०७३ साल,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थप साधारण शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई छनौट गरेको  छ । नेपाल लाइफले करिब ३१ लाख कित्ता थप साधारण शेयर निष्कासन गर्दैछ ।

एफपिओ शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा तथा सिद्धार्थ क्यापिटल लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्व तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निश्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित उक्त शेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।

एफपिओ निष्कासनको प्रक्रिया अघि बढे लगत्तै विहिबार शेयरबजारको यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेर प्रतिकित्ता ४४८८ रुपैयाँ पुगेको छ । विहिबार मात्रै यो कम्पनीको २४ करोड बढीको शेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411