अख्तियारले दीक्षितलाई छोडेन, ४८ विगाहा ५३ रोपनी जग्गा रोक्का

बिहीवार, जेष्ठ २७, २०७३ साल,
काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितमाथिको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तरता दिएको छ ।

स्वर्गीय रानी जगदम्बाले परोपकारी भावनाले स्थापित गरेको ‘जगदम्बा दातब्य औषधालयु तथा स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित ‘मदन धारा समितिु का नाममा रहेको ४८ विगाहा ५३ रोपनी जग्गा बेचविखनको प्रयत्न भएको भन्दै रोक्का राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयमा परिपत्र गरेको छ ।

जगदम्बाको आदेश वमोजिम २०१५ साल असोजमा साहित्यकार एवं मदन पुरस्कार गुठीका अध्यक्ष मदनमणि दीक्षितले मोरङको दुलारी गाविस, वडा नम्बर ५ मा रहेको उक्त जग्गा खरिद गरेको अख्तियारले जनाएको छ ।

औषधालयको नाममा रहेको उक्त जग्गा ४८ विगाहा १२ कट्ठा ८ धुर रहेको छ । यस्तै समितिका नाममा ताप्लेजुङको निघुराधिन गाविसमा ५३ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको जनाइएको छ ।

सामाजिक र परोपकारी संस्थाको रुपमा रहँदै आएको उक्त औषधालय र समितिको जग्गा विक्रीवितरण गर्न नपाइने निर्णयमा उल्लेख छ ।

दीक्षितले रानी जगदम्बाको लिखत आदेशको मर्म, भावना र उद्देस्यविपरित २०७१ बैसाख ४ गते कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

‘उक्त कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा कम्पनीका रुपमा परिणत गरिएको सो औषधालयको नाममा रहेका अचल सम्पत्ती वेचविखन तथा हक हस्तान्तरण गर्न सक्ने प्रावधान राखिएको छ, विज्ञप्तीमा उल्लेख छ ।

अनुसन्धानकाक्रममा करोडौं मूल्यको उक्त जग्गा विक्रि वितरण तथा नास गर्न सक्ने स्थिति रहेको भन्दै संरक्षणका लागि रोक्का राख्ने निर्णय भएको अख्तियारले जनाएको छ ।

आयोगको बुधबारको निर्णय अनुरुप औषधालयको नाममा रहेका सम्पूर्ण जग्गा रोक्का राख्न नेपाल सरकार, भूमीसुधार तथा व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय भएको हो ।

सामाजिक संस्थालाई निजी कम्पनीका रुपमा परिणत गर्ने र संस्थाको चलअचल सम्पत्ती वेचविखनको प्रयास भएको भन्दै सम्बन्धित व्यक्तिहरुमाथि आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ । यसैगरी दीक्षितकै पहलमा गठन भएको मदन धारा समिति नाममा मोरङको दुलारीमै ७ विगाहा १२ धुर जग्गा खरिद गरेको भनाइ अख्तियारको छ ।

‘आयोगको हालसम्मको अध्ययनबाट मदन धारा समिति कसरी, कहिले र के उद्धेश्यले स्थापना भएको हो भन्ने केही कतै देखिदैन,ु विज्ञप्तीमा उल्लेख छ, ‘उक्त समितिलाईसमेत कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको देखिन्छ । यो कम्पनी सञ्चालनका लागि कमलमणि दीक्षितको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको पाइएको छ ।ु

 उक्त समितिको नाममा रहेको जग्गा कम्पनीको स्वामित्वमा रहने र वेचविखन गर्न समेतपाउने अबस्था देखिएको भन्दै रोक्का राख्न मन्त्रालय र सम्वन्धित मालपोत कार्यालयलाई परिपत्र गरिएको छ ।

मिति २०२९ असार २८ गतेको तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार रानी जगदम्वाको इच्छा बमोजिम औषधालय सञ्चालनका लागि तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ४ सदस्यीय सञ्चालक समितिसमेत गठन गरिएको अख्तियारले जनाएको छ ।

अनुसन्धानकाक्रममा उक्त समिति गठन भएको ४० बर्षपछि २०६९ माघ २६ गते स्वास्थ्य सेवा विभागले एक पत्र लेखि जगदम्बा दातब्य औषधालयलाई नै बैधानिकता दिन र २०२९ सालमा गठित अर्को समिति भङ्ग गर्न पत्राचार गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।

‘स्वास्थ्य सेवा विभागको पत्राचारपछि नयाँ समिति बनेको र उक्त समितिमा कमलमणि दीक्षित समेत रहेको देखिन्छ,ु विज्ञप्तीमा उल्लेख छ, ‘ति जग्गामा अनियमितता नहोस् भन्ने तर्फ ध्यान दिदै आयोगले त्यस्ता अचल सम्पत्ती हाललाई रोक्का राख्न सम्बन्धित नेपाल सरकार, भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरेको छ ।ु

यता रानी जगदम्बाले पाटन कलेजलाई दान दिएको भनिएको ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गतका कित्ता नम्बर ८०, ८१, ८२, ८३, ८४ र ८५ को ५ रोपनी २ आना जग्गाका बिषयमा पनि अख्तियारले छानविन अघि बढाउने भएको छ ।

दान दिएको उक्त जग्गामा रहेको जगदम्बा प्रेस प्रालि दीक्षित परिवारको नाममा रहेको भनाई अख्तियारको छ । जगदम्बा प्रेस प्रालिको २०७२ पुस २३ गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त प्रेशका अध्यक्ष कमलमणि दीक्षित र निजका नजिकका नातेदारहरुका वीच शेयर वाडफाँड गर्ने गरी भएको निर्णयमाथि अख्तियारले प्रश्न उठाएको हो ।

‘उक्त विषयमा छानविन अनुसन्धान गर्न र शेयर सदस्यहरुवीच अचल सम्पत्ती वाँडफाँड तथा हक हस्तान्तान्तरणको विषयमा आयोग समक्ष सत्य तथ्य व्यहोरा पेश गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई लेखि पठाउने समेत निर्णय भएको छ,ु विज्ञप्तीमा उल्लेख छ ।

यसअघि पनि आयोगले कमलमणि दीक्षित, छोराहरु कनकमणी दीक्षित, कुन्द दीक्षित र परिवारका सदस्य तथा नजिका नातेदारले हदबन्दीभन्दा वढी १७ रोपनी १३ आना लुकाएर राखेको देखिएको भन्दै कानुन वमोजिम कारबाहीका लागि भुमीसुधार तथा व्यवस्था मन्त्रालयमार्फत भुमिसुधार कार्यालयमा लेखि पठाएको थियो ।

आयोगको मिति २०७३ जेठ १६ गतेको निर्णय अनुरुप उक्त निर्णय भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411