​बिमा ५९६ अंक बढ्दा समग्र नेप्से करिब २० अंकले बढ्यो, एक अर्ब ९० करोड रुपैयाँको कारोबार

बिहीवार, जेष्ठ २७, २०७३ साल,
काठमाडौं । बिमा कम्पनीको सेयरमा उछाल आएको हो । बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै १ अर्ब ९० करोडको हाराहारीमा पुगेको छ ।
 
सेयर बजारमा नेप्से सुचक, कारोबार रकम र बिमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बिमा सुचक ५९५.४३ अंकले बढेको छ । बै‌क र होटल रातो हुँदासमेत बिमाले बजारलाई २० अंकमाथि पुर्‍याएको हो । त्यसै गरि कारोबार रकमका आधारमा पनि नेप्सेले नयाँ रेकर्ड बनाउँदा १ अर्ब ८९ करोड ९४ लाख २० हजार रुपैंयाको शेयर कारोबार भएको छ ।

बिहीबार शेयर बजारमा बीमा कम्पनीले दबदबा कायम गरेका छन् । जसका कारण वाणिज्य बैंक र होटल सुचक ओरालो लाग्दा पनि बीमा समुहमा ५ सय ९५ अंक बढेपछि नेप्से निरन्तर उकालो लागेको हो । होटल समुह १.०४ तथा होटलमा ६.४८ अंकको गिरावट आएको बजारमा विकास बैंक समुह १२.०३, वित्त ५.३७, अन्यमा ४.७ र जलविद्युतमा ४.६१ अंकको सुधार आएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको मात्र २४ करोड ८ लाख ५० हजार रुपैंयाको शेयर किनबेच भएको छ । नेपाल लाइफले थप नयाँ शेयर निष्काशनका लागि धितोपत्र बोर्ड तथा नेप्सेमा पत्राचार गरेका कारण एकाएक कम्पनीको शेयरमुल्य आकासिएको हो । मुल्य र कारोबार रकमका आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको हो । त्यस्तै नेपाल बंगलादेश बैंकको अधिक शेयर कारोबार बैंक भएको छ ।

 बिहीबार शेयर बजारमा १ सय ३७ कम्पनीका १८ लाख ८८ हजार ३ सय ३९ कित्ता शेयर ६ हजार ७ सय ६९ वटा कारोबारबाट किनबेच भएका छन् ।

बिहीबार प्यासिफिक डेभलपमेण्ट बैंक, सेती डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बैंक लगायत कम्पनीहरुको शेयर मुल्य अधिक मात्रामा घटेको छ । कारोबारमा ७७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४६ कम्पनीको शेयर मुल्य घटेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411