ट्रकसँग ठोक्किएपछि सडकमै जल्यो बस, एकको मृत्यु, १० को अवस्था गम्भीर

बिहीवार, जेष्ठ २७, २०७३ साल,
सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक एक आपसा ठोक्किएपछि बसमा लागेको आगलागीमा परेर एकजनाको ज्यान गएको छ । आगोले शब नराम्ररी डढेकाले मृतकको पहिचान हुन सकेको छैन । 

काठमाडौंबाट झापातर्फ गइरहेको ना ५ ख ८५३८ नम्वरको वस र विपरित दिशाबाट आईरहेको ना। २ ख ४२९४ नम्वरको मालवहाक ट्रक एक आवसमा ठोकिंदा करिव दुईदर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको गोलबजारको स्वास्थ्यसंस्थाहरुमा उपचार भईरहेको छ । गम्भिर अवस्थामा रहेका बसका चालक अरविन्द पौडेल, कन्डक्टर विमल विश्वकर्मालगायतको शरीरको विभिन्न भागमा आगो लागेको छ । उनीहरुको थप उपचारकोलागि वाहिर लाने तयारी भईरहेको जनाएको छ ।

पूल पार गरिरहेको ट्रक र तिब्रगतिमा आएको बस चालकले नियन्त्रणमा लिने क्रममा चिप्लिएर ठोकिन पुगेको चालकले बताएका छन् ।

बसमा सवार झापाका दुधवहादुर लामाले आफू निधाएको हुदाँ बस ठोकिएपछि एक्कासी आगो लागेकोमात्र देखेको बताए । आगो लागेपछि सामानहरु सवै छाडेर बसबाट उत्रिएर भागेको उनले बताए ।

कन्डक्टर विश्वकर्माले पनि गाडी एक्कासी ठोकिन पूगेपछि आफूहरु ज्यान जोगाएर भागेको बताए । आगलागीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । रातोपाटी अनलाईनबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411