नेप्से बुधबार १५.३१ अंकले बढ्यो, सवा १ अर्ब रुपैयाँको कारोबार

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक १५.३१ अंकले बढेर १५४६.८० अंकमा कायम भएको हो । बुधबारको बजार बिमा समूहले बढाएको छ, जसको शेयर ३८७.२ अंकले बढेको छ । उत्पादनमूलक २५.९४, विकास बैंक १०.८३, जलविद्युत् ९.२३, फाइनान्स र वाणिज्य बैंक समूह क्रमशः  ३.६ र २.८२ अंकले बढेका छन् । होटल समूह २७.९१ अंकले घट्दा अन्य समूह स्थिर रहेको छ ।

बुधबार दिनभरिमा १ सय ३४ वटा कम्पनिको १६ लाख ५२ हजार ६ सय ३ट कित्ता शेयर ५ हजार ६ सय २९ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २९ करोड १ लाख ६ हजार ४ सय ७ रुपैँयाको कारोबार भएको हो । 

एनबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन जेनेरल इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । एनबी बैंकको झन्डै साढे १४ करोडको कारोबार हुँदा नेपाल लाइफ र हिमालयनको क्रमशः १३ करोड र १२ करोड माथिको शेयर कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्सको ६ करोड ४१ लाख, शिखर इन्स्योरेन्सको ५ करोड ५३ लाख, लुम्बिनी जेनेरल इन्स्योरेन्सको ४ करोड ४२ लाख, प्रभु इन्स्योरेन्सको ४ करोड ३८ लाख, प्रिमियर इन्स्योरेन्सको साढे ३ करोड, सानिमा बैंकको ३ करोड र प्राइम कमर्सियल बैंकको २ करोड ८४ लाख रुपैँयाको कारोबार भएको छ । 

धेरै कमाउने कम्पनिहरुको अथ्रस्थानमा बुधबार पनि ओमी माइक्रोफाइनान्स रहेको छ, जसका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले सम्पत्ति बढाउँदा युनाइटेड इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र कम्युनिटी डेभलपमेन्ट बैंकको पनि बढेको छ । त्यस्तै प्रभु इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा प्यासिफिक डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, स्वरोजगार लघुवित्त, वेस्टर्न डेभलपमेन्ट बैंक छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411