​३ करोडको आइपीओ निष्काशन गर्दै नेशनल माइक्रोफाइनान्स

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनिलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत सोमबार स्वीकृति दिएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । 

कम्पनीले एनआईबिएल क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले स्वीकृति पाएकाले साधारण शेयर निष्काशनका लागि आह्वानपत्र जारी गर्ने तयारी सुरु गर्न लागेको क्यापिटलले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411