सुमार्गीको सम्पत्ति छानबिन गर्न विवरण माग

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी अजय सुमार्गीको सम्पत्तिको स्रोत र वैधतामाथि छानबिन गर्न उनको वित्तिय र कारोबारी कम्पनीहरुको विवरण संकलन थालेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, कर कार्यालयलगायत सरकारी निकायबाट उनको सम्पत्ति र त्यसको वैधानिकताबारे छानबिन गर्न विवरण संकलन गरेको हो ।

‘अधिकांश निकायहरुसँग माग गरेबमोजिम विवरण आइसकेको छ,’ विभाग स्रोतले भन्यो, ‘अब थप अध्यनको काम हुनेछ । अध्ययन कुन चरणमा रहेको भन्ने विषयमा भने विभागले खुलाउन चाहेन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411