सरकार घुमाउरो बाटोबाट करछली छानविन गर्ने, बैंक तथा वित्तीयमा करदाताले दाखिला गरेको विवरण खोज्दै

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । उद्योग प्रतिष्ठानहरूले करछली गर्ने गरेको आरोप लागिरहेका बेला सरकारले बैंक तथा वित्तीय संस्थाहरूबाट समेत करदाताको विवरण लिने घुमाउरो बाटो अख्तियार गर्न लागेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

उद्योग व्यवसाय सञ्चालकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने समयमा आफ्नो कारोबारको विवरण बुझाउने गरेकाले त्यस्ता संस्थामा बुझाएको विवरण र सरकारलाई बुझाएको कर विवरणको मेल खाए÷नखाएको हेर्न गृहकार्य सरकारले गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षदेखि करदाताले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन बुझाइएको विवरण र कर कार्यालयमा बुझाएको विवरण मिले÷नमिलेको हेर्ने तयारी गरेको छ ।

सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । सरकारले बैंक तथा वित्तीय संस्थाबाट करदाताको विवरण सोझै नलिई घुमाउरो प्रक्रिया अपनाउन लागेको बजेट बक्तब्यमा उल्लेख गरिएको भाषा र गर्न लागिएका व्यवस्थाले संकेत गरेको छ ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको ४३८ नम्बर बुँदामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा करदाताले दाखिला गरेको वित्तीय विवरण र कर भुक्तानी रकमलाई समेत आधार मानिने उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411