कलिलो उमेरमै गर्भपतन गराउने बढे

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । रुपन्दैही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको पाइएको आजको गोरखापत्रमा समाचार छ ।

गर्भपतन गराउने किशोरीहरु निर्धक्क मान्यता प्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ केन्द्रमा पुग्ने गरेका छन् । जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।

नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।

गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411