​उद्योगी केडिया अपहरणमा संलग्न ९ जना पक्राउ, भोलि सार्वजनिक गरिने

मंगलवार, जेष्ठ २५, २०७३ साल,
बारा । बाराका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न सबै जनालाई प्रहरीले पक्राउ परेको छ। अपहरणमा संलग्न ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 
नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्य वीरेन्द्र यादव, कांग्रेस क्रियाशिल सदस्य जियालाल यादब, पुष्कर सिंह, चन्चल पाण्डे लगायतका ९ जनालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए। 

उनीहरुलाई भोली पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
२० करोड रकम लिनका लागि केडियाको अपरहण भएको ती प्रहरी अधिकारीले बताए। केडियाको यही जेठ १३ गते साँझ अपहरण भएको भएको थियो । 

उद्योगी केडियालाई अपहरणपछि भारत पुर्याइएको प्रहरीले मोतिहारीबाट मुक्त गराएको थियो । केडिया अपहरण गर्ने क्रममा उनका चालक उमेश साहमाथि गोली प्रहार भएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411