​सार्क राष्ट्रका मुख्यसचिवको बैठक बिहीबारदेखि

मंगलवार, जेष्ठ २५, २०७३ साल,
काठमाडौं । चौंथो सार्क मूख्य सचिवस्तरीय बैठक यही जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।

गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न तेस्रो सार्क मुख्यसचिवस्तरीय बैठकमा नेपालले जनाएको प्रतिबद्धताअनुसार यही जेठ २७ र २८ गते सो बैठक हुन लागेको हो ।

बैठकको उद्घाटन सत्रमा सार्क राष्ट्रका मुख्यसचिव÷मन्त्रिपरिषद् सचिव, सार्क सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्व मुख्यसचिवलगायतको सहभागिता रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

बैठकमा सदस्य राष्ट्रहरूको सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा भएको असल अभ्यासको आदानप्रदानका साथै सार्वजनिक प्रशासनका नविन आयामका बारेमा छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट नेपालका भएका राम्रा अभ्याससम्बन्धी प्रस्तुति हुने बताइएको छ ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411