नेप्से १५ अंकले बढ्यो, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

मंगलवार, जेष्ठ २५, २०७३ साल,
काठमाडौं । सोमबार ३३ अंकले बढेको नेप्से आज मंगलबार १५ अंकले उकालो लागेको छ । होटल र जलविद्युत बाहेक सबै समुहमा आएको उच्च सुधार हुँदा एक अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसदिन नेपाल बंगलादेश बैंकको शेयरमूल्य बढेर २९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

मंगलबार नेप्से १४.६९ अंकले बढेर १५३१.४९ विन्दुमा पुगेको छ । कारोबारमा आएका होटल र जलविद्युत बाहेकका सबै समूहमा आएको उच्च सुधारले बजार बढेको हो । यसदिन १३३ कम्पनीको एक अर्ब १४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

त्यस्तै सानिमा बैंकको सानिमा बैंकको एक लाख ५४ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ । प्राइम बैंकको पनि ४ करोड ८२ लाख बराबरको कारोबार भएको छ । हिमालयन, सिटिजन, मेगा बैंकले पनि ३ करोड बढीको कारोबार गरेका छन् । 

बढेको बजारमा ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । एभरेष्ट इन्स्योरेन्स, एनबी बैंक, कसमस डेभलपमेन्ट बैंक, सानिमा बैंक, टुरिजम्, साझा विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन भने प्यासिफिक डेभलपमेन्ट बैंकका लगानीकर्ता धेरै गुमाएका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411