‘बाफिया कार्यान्वयनमा राष्ट्र बैंकको भूमिका अहम’

मंगलवार, जेष्ठ २५, २०७३ साल,
काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ ऐनले सञ्चालक तथा संस्थापकलाई बलियो बनाए पनि नियमनकारी निकायले प्रभावकारी नियमन गरेको खण्डमा समस्या नआउने सांसद दीपक कुइँकेलले बताएका छन् ।

संसद्को अर्थ समितिअन्तर्गतको उपसमितिको संयोजकसमेत रहेका कुइँकेलले नयाँ ऐन आउनु नै सकारात्मक रहेको बताए । सबै क्षेत्रको सहमतिमा बाफिया अर्थ समितिले पारित गरेको बताउँदै उनले भने, “उपसमितिका अधिकांश सांसद बैंकिङ व्यवसायमा संलग्न छन् ।

बहुमतीय प्रणालीमा गएको भए पनि हालको व्यवस्था नै हुने थियो ।” नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गरेमा सांसदको बैंक भए पनि संस्थागत सुशासनमा समस्या नहुने उनले बताए ।

संस्थापक तथा सञ्चालकको समयअवधि नतोकिँदा वित्तीय संस्थामा समस्या आउन सक्ने बताउँदै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, “नयाँ ऐनले वित्तीय क्षेत्रका विगतका समस्या पुनः दोहो¥याउने देखिन्छ ।” जनताको पैसामा संस्थापकले खेल्न नहुने बताउँदै क्षेत्रीले संस्थापक तथा सञ्चालन हाबी हुने गरी ल्याएको ऐनले वित्तीय प्रणालीलाई संकटतर्फ उन्मुख गर्न खोजेको बताए ।

नयाँ ऐनले वित्तीय क्षेत्रको संस्थागत सुशासनलाई जोखिममा पारेको बताउँदै राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत भाष्करमणि ज्ञावलीले भने, “नेपाल राष्ट्र बैंकले नियमन गरेको खण्डमा पनि मर्यादाक्रमका कारण कारबाहीमा व्यावहारिक कठिनाइ रहेको बताए । सोमबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको नयाँ बाफिया र वित्तीय प्रणाली विषयक छलफलमा ज्ञवालीले खोताला लगाउने प्रवृद्धि अन्ते गरेमा वित्तीय प्रणाली राम्रो हुने बताए । आजको कारोबार दैनिकमा खबरछापिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411