​हिजो घटेको नेप्से फेरि उक्लियो, साढे ३३ अंकले बढ्यो, कारोबार रकम २५ करोडले घट्यो

सोमबार, जेष्ठ २४, २०७३ साल,
काठमाडौं । नेप्से परिसुचक अघिल्लो दिनको घाटा अंक झण्डै पूर्ति गरी लगानीकर्तामा उत्साहको सञ्चार गरेको छ । सोमबार नेप्से ३३ दशमलव ६६ अंकले बढेर १ हजार ५ सय १६ दशमलव ८० अंकमा पुगेको छ । आइतबार बजारमा चलेको गलत हल्ला कै कारण नेप्से ३५ अंकले घटेको थियो ।

सोमबार सानिमा बैंकको प्रतिकित्ता शेयरमुल्य २९ रुपैंयाले बढ्दा २४ करोड ३४ लाख ४२ हजार रुपैंयाको शेयर किनबेच भएको छ । त्यसै गरी दोस्रो स्थानमा नेपाल बैंगलादेश बैंकको अधिक शेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर मुल्य ३५ रुपैंयाले बढ्दा सोमबार ९ करोड ८३ लाख ६७ हजार रुपैंयाको शेयर किनबेच भएको छ ।

धेरै कारोबार भएको सूचीको चौथो स्थानमा ५ करोड ९८ लाख ४८ हजार रुपैंयाको कारोबार सहित सानिमा बैंकको संस्थापक शेयर रहेको छ । अधिक कारोबार हुनेको सूचीको पाँचौं स्थानमा रहेको सोल्टी होटलको ४ करोड ७८ लाख ६७ हजार रुपैंयाको शेयर कारोबार छ ।

त्यस पछि एभरेष्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनको अधिक शेयर कारोबार भएको छ ।

सोमबार अरु समुहगत परिसुचकमा सुधार आउँदा पनि होटल समुहमा गिरावट आएको छ । सोमबार सेन्सेटिभ इण्डेक्स ७ अंक बढीले उकालो लाग्दा बीमा समुहमा सबैभन्दा धेरै अर्थात १ सय ७५ दशमलव ३५ अंकको सुधार आएको छ । त्यस पछि जलविद्युतमा ५७ दशमलव १६, वाणिज्य बैंकमा ३८ दशमलव ०१, विकास बैंकमा २५ दशमलव ५६, वित्तमा ६ दशमलव ७१ र अन्य समुहमा २ दशमलव ३४ अंकको सुधार आएको छ ।

सोमबार शेयर बजारमा कुल १ सय ३४ कम्पनीका १६ लाख २२ हजार ६ सय २८ कित्ता शेयर ५ हजार ३ सय ९५ कारोबारबाट १ अर्ब १५ करोड १८ लाख ४४ हजार रुपैंयामा किनबेच भएका छन् । बजारमा आएको सुधारका बिच सोमबार कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको छ । आइतबार १ अर्ब ४० करोड रुपैंयाको हाराहारीमा शेयर कारोबार भएकोमा सोमबार २५ करोड रुपैंयाले शेयर कारोबार रकम घटेको हो । यस क्रममा १ सय १ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

सोमबार धेरै शेयरमुल्य बढ्ने १० कम्पनीको सुचीमा वोमी माइक्रोफाइनान्स, कन्ट्री डेभलपमेण्ट बैंक, काष्ठमण्डप डेभलपमेण्ट बैंक, प्रिमियर इन्स्योरेन्स, राप्तीभेरी विकास बैंक, फष्र्ट माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, रिलायन्स लोटस फाइनान्स, सिटिजन्स बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।

त्यसै गरि अधिक शेयर मुल्य घट्ने १० कम्पनीहरुमा जेविल्स फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक, मनास्लु विकास बैंक, नमस्ते वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, मञ्जु श्री फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सोल्टी होटल र गुडबिल फाइनान्स रहेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411