संगीतकार अम्बर गुरुङको मृत्युको खबर भ्रामकः अस्पताल
सोमबार, जेष्ठ २४, २०७३ साल,

काठमाडौँ । वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युको खबर सनसनी भइरहेको बेला अस्पतालले भने त्यसको खण्डन गरेको छ ।
काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका गुरुङको स्वास्थ्य अबस्था स्थिर रहेको अस्पतालका मिडिया तथा जनसम्पर्क म्यानेजेर विनोद अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य अबस्था जटिल भएपछि गुरुङको केही दिन यता ग्राण्डी अस्पालमा उपचार भइरहेको छ । आइतबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत संगीतकार गुरुङलाई भेटेर उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो ।