नेप्सेमा ३५ अंकको उच्च गिरावट कारोबार एक अर्ब ४० करोड रुपैया

आईतवार, जेष्ठ २३, २०७३ साल,
काठमाडौं । नेप्से साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार नेप्से ३५ अंकले घटेको हो । कारोबारमा आएका होटल र उत्पादन बाहेकका सबै समुह घटेपछि नेप्से उच्च अंकले घटेको हो । १२८ कम्पनीको कारोबार भएको बजारमा जम्मा सात कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

 आइतबार नेप्से ३४.९८ अंकले घटेर १४८३.१४ विन्दुमा झरेको छ । १२८ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ३९ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा होटल र उत्पादन बाहेक अन्य सबै समुह ओरालो लागेका छन् । 

यसदिन होटल समुहको सबैभन्दा धेरै १३२.३४ अंकले उकालो लागेको छ भने उत्पादनको ०.०५ अंकले मात्र बढेको छ । यसदिन बिमा, जलविद्युत र वाणिज्य बैंक समुहमा उच्च गिरावट आएको छ । बिमा समुहको २१९ अंक, जलविद्युतको १०३, विकास बैंकको ४२, वाणिज्य बैंकको ३५ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समुह उच्च अंकले झरेपनि यो समुहको ७४ करोड बराबरको कारोबार भएको छ ।

बजारमा सिटिजन्स बैंकको सबैभन्दा धेरै २० करोड रुपैयाँको शेयर किनबेच भएको छ । बैंकको दुई लाख ५६ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । त्यसपछि सानिमा बैंकको १४ करोडको कारोबार भएको छ । सिभिल बैंकको संस्थापक शेयर पनि दश करोड बढीको किनबेच भएको छ । । सानिमाको एक लाख ५५ हजार २८९ कित्ता साधारण शेयर र सिभिलको ८ लाख ९ हजार ६३२ कित्ता संस्थापक शेयर किनबेच भएको हो । 

बजारमा सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारमिा बढेको छ । सोल्टीको प्रतिकित्ता शेयर ३५ रुपैयाँले बढेर ३९२ रुपैयाँ पुगेको छ । किसान माइक्रो, ओमी माइक्रो, मिथिला लद्युवित्त, अपि पावर, एनआइबीएल समृद्धि फण्ड र युनिलिभरका लगानीकर्ताले मात्र कमाएका छन् ।
 
वुटवल पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा गुराँस लाइफ, मितेरी डेभलपमेन्ट, सेवा विकास, एभरेष्ट इन्स्योरेन्स, साना किसान, फस्ट् माइक्रो लगायतका कम्पनी धेरै गुमानेमा परेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411