​ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन आजबाट खुला, कहाँ कहाँबाट आवेदन दिन सकिन्छ ?

आईतवार, जेष्ठ २३, २०७३ साल,
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आजबाट सेयर आवेदन खुला भएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको ४ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन भएको छ।  
 
आवेदकले ५० देखि १० हजार कित्तासम्म ९५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म०को आवेदन दिन सक्ने छन्। 
 
सेयर बिक्री प्रबद्र्धकको रुपमा एनआईबिएल क्यापिटल रहेको छ। बैंकले हाल बाग्लुङ, म्याग्दी र कास्की ३ जिल्लामा सेवा दिँदै आएको छ। सेयर निस्कासनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्नेछ। 
 
हाल बैङकको अधिकृत पुँजी ५० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ। साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ। इच्छुक आवेदकले कम्तीमा ५ हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्मको आवेदन दिन सक्ने छन्। 
 
बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा यस पटक १३ लाख रुपैंया खुद नाफा कमाएको छ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले ९ महिनाको अवधिमा २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ।
 
कम्पनीको सेयर निस्कासनले इक्रा नेपालबाट ग्रेडिङ ४ प्लसको रेटिङ पाएको छ। 
 
कहाँ कहाँबाट आवेदन दिन सकिन्छ ? 
ग्रीन डेभलपमेन्ट बैंकको हरिशंकर रोड बागलुङ र शाखा कार्यालय बेनीबाट आवेदन दिन सकिनेछ।
 
एनआईबिएल क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट, ग्रोमोर मर्चेन्ट बैंक दरवारमार्ग, विभोर क्यापिटल कृष्णगल्ली, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शाखा कार्यालयहरु हरिहरभवन, चाबहिल, वीरगञ्ज, हेटौंडा र चारआली, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी, इटहरी, नेपालगञ्ज, विर्तामोड र दाङ शाखाबाट आवेदन दिन सकिने छ।
 
त्यस्तै एपेक्स डेभलपमेन्ट बैंक दरवारमार्ग, लोकन्थली, नारायणगढ, चिप्लेढुंगा, नेपालगञ्जबाट आवेदन दिन सकिनेछ।  सिनर्जी फाइनान्सको शाखा कार्यालयहरु कमलादी, गंगबु, पोखरा न्यूरोड, बुटवलबाट आवेदन दिन सकिनेछ। 
 
साझा विकास बैंकको धनगढी, कैलाली तथा टिकापुर र महेन्द्रनगरका कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।  टुरिजम डेभलपमेन्ट बैंकको नयाा बानेश्वर, कुमारीपाटी, गंगबु र पोखराबाट पनि आवेदकले सेयर आवेदन दिन सक्ने छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411