५० हजार धरौटी तिरेर सीके राउत रिहा

सोमबार, मंसिर ८, २०७१ साल,
८ मंसिर, काठमाडौं । राजद्रोहको मुद्दा लागेका डा. सीके राउत धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् ।

यसअघि धरौटी बुझाउन नसकेपछि उनलाई सदरखोर डिल्लीबजार चलान गरिएको थियो ।

तराईलाई नेपालबाट अलग गराउनुपर्छ भनेर उनले अभियान चलाएका थिए । देश टुक्राउने अभियानमा लागेको भन्दै राउतलाई प्रहरीले पक्रेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411