शेयर बजारमा साताभर ६ अर्बको सेयर कारोबार

शनिबार, जेष्ठ २२, २०७३ साल,
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यो साताको कारोबार कम १६.१६ प्रतिशतले कम हो ।

पहिलो दिनको तुलनामा नेप्से सूचक ४.१३ अंकले घटेर अन्तिम दिन १५१८.१२ अंकमा पुगेकोकाले सेयर कारोबार पनि घटेको हो ।

यो साता १ सय ४८ कम्पनीका ३ लाख ६६ हजार ९ सय कित्ता सेयर ५ अर्ब ९५ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ । गत साता १ सय ४७ कम्पनीका एक करोड ४६ लाख कित्ता ७ अर्ब १४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.१७ अंकले घटेर ३२८.०० अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (४१ करोड ८२ लाख रुपैयाँ) को आधारमा सानीमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१५ लाख ८९ हजार कित्ता) को आधारमानेसनल हाइड्रोपावर कम्पनी लि। अग्रस्थानमा रहेको छ । त्यसैगरीे कारोबार संख्या आधारमा सिटिजन बैंक इन्टरनेसनलअग्रस्थानमा रहेको एक्सचेञ्जले जनाएको छ ।

साताभरमा नेप्सेमा करिब ९४ लाख कित्ता बोनस सेयर सूचिकृत भएका छन् । सनराइज बैंकको ५२ लाख ८९ हजार कित्ता र चिलिमे हाइड्रोको ४० लाख ८८ हजार कित्ता सेयर सूचिकृत भएका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411