​खानीखोला हाइड्रोपावरको शेयरमा ७३ गुणा बढि आवेदन पर्यो

बिहीवार, जेष्ठ २०, २०७३ साल,
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको छ । 

जेठ १६ देखि १९ गतेसम्म निष्काशन भएको शेयरका लागि १ लाख ३५ हजार वटा आवेदकबाट उक्त रकमको आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

क्यापिटलका मर्चेण्ट बैंकिंग प्रमुख कमल खत्रीले दिएको जानकारी अनुसार यो प्रारम्भिक तथ्यांक मात्र हो । जस अनुसार कम्पनीको शेयरका लागि ७३ गुणा बढी आवेदन परेको हो । सबै आवेदन केन्द्रबाट अन्तिम तथ्यांक नआएको आएका आवेदनका पनि चेकमा देखिएको त्रुटि धेरै भएको उनले जानकारी दिए ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता शेयर निस्कासन गरेको थियो । निष्कासन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको शेयरका लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ । कम्पनीयो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411