नेप्से परिसूचक ५.४४ अंकले घट्यो, कारोबार रकममा पनि ह्रास

बिहीवार, जेष्ठ २०, २०७३ साल,
काठमाडौं । नेप्से परिसूचक ५.४४ अंकले घटेको छ भने कारोबार रकममा पनि ह्रास आएको छ। अघिल्लो दिन १ अर्ब २२ करोडको कारोबार भएकोमा यस दिन १ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। 
 
१ सय २८ कम्पनीको १४ लाख कित्ता सेयर किनबेच भएको छ। आजको कारोबारपछि बजारको अंक १ हजार ५ सय १८ मा कायम भएको छ। क वर्गका कम्पनीको सूचक १.१५ अंकले घटेको छ। 
 
होटल, उत्पादन र अन्य समूह बाहेक सबै समूह यस दिन घटेका छन्। होटलमा २६, उत्पादनमा ५ र अन्यमा २ अंकको बृद्धि भए पनि समग्र बजारलाई प्रभाव परेन। 
 
यस दिन हाइड्रो समूह सबैभन्दा धेरै ७१ अंकले झरेको छ। त्यस्तै बिमा १५, विकास बैंक ६, फाइनान्स ५ र वाणिज्य बैंकको समूह ३ अंकले घटेको छ। 
 
बजारमा सिटिजन्स बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ।उसको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सानिमा बैंकको पनि ९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मेगा बैंकको ६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल बंगलादेश बैंक, सनराइज बैंक पनि कारोबारमा अगाडि रहे। 
 
नाफाका आधारमा हेर्दा माइक्रोफाइनान्स कम्पनीहरु अगाडि रहे। ओमी माइक्रोफाइनान्सको ६ प्रतिशतले सेयर मूल्य बढेको छ। किसान माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सको पनि ४ प्रतिशतको हाराहारीमा मूल्य बढेको छ। युनिक फाइनान्सका लगानीकर्ताले ५.१९ प्रतिशत नाफा कमाए। 
 
नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा धेरै ७.३३ प्रतिशतले मूल्य गुमाएका छन्। कर्णाली विकास बैंक, प्रोफेसनल दियालो विकास बैंक पनि गुमाउनेमा अगाडि रहे।  
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411