​गरिमा विकास बैंकको शाखा नबलपराीको बर्दघाटमा, शाखा संख्या २८ पुग्यो

मंगलवार, जेष्ठ ११, २०७३ साल,

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले  नवलपरासीको बर्दघाटमा शाखा सञ्चालन गरेको छ । मङ्गलवार आयोजित एक कार्यक्रमबीच  नेपाल राष्ट्र बैङ्कका निर्देशक रेवतीप्रसाद नेपालले उक्त शाखाको उद्घाटन गरेका हुन् । 

बैङ्कले बर्दघाट शाखामार्फत आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याउने बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । राष्ट्रियस्तरको विकास बैङ्कका रूपमा सञ्चालित गरिमाको योसँगै २८ शाखा पुगेको बताइएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411