​सनराइज बैंकको शाखारहित बैङ्किङ सेवा डाँगीहाटमा

मंगलवार, जेष्ठ ११, २०७३ साल,
काठमाडौं । सनराइज बैङ्क लिमिटेडले डाँगीहाट–६ मोरङमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्किङ सेवा नपुगेका स्थानमा बैङ्किङ सेवा पु¥याउने उद्देश्यले बैङ्कले यो सेवा सञ्चालन गरेको बताएको छ । 

मङ्गलवार एक कार्यक्रमबीच बैङ्कका नायब महाप्रबन्धक आशा राणा अधिकारीले शाखारहित बैङ्किङ सेवाको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले शाखारहित बैङ्किङ सेवाले प्रदान गर्ने  सेवाबारे स्पष्ट पार्दै शाखारहित बैङकिङ प्रतिनिधि राजेनकुमार राईलाई पोइण्ट अफ सेल मेशिन हस्तान्तरण गरेकी थिइन् ।

हाल सनराइज बैङकले ५३ शाखा र ६७ एटीएमका माध्यमबाट देशभर आधुनिक एवम् सर्वसुलभ बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।  बैङ्कले यसअघि काभ्रेको मङ्गलटार, झापाको बाहुनडाँगी र महोत्तरीको कान्तिबजरबाट शाखारहित बैङ्किङ सेवा सञ्चालन गरिसकेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411